हामी हरु सबै महाबिर गुरुङ को छोरा छोरी हौँ..सबै गुरुङ एकजुट हौँ..

तमुहरुको मृत संस्कार
-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\ प्ल्ह उइब वा ट्हयुइब ( सातो वा हंस बोलाउने ) लास ( र्हो ) लाई चिहान डाँडा ( छो कों/ दुर्स ) मा सेलाएको रात र अर्घु ( पै ) कर्मको दोस्रो दिन सबै कर्म गरिसकेपछी बेलुका पच्यु गुरु हरु बाट पारम्परिक संस्कार मा आधारित महत्त्वपूर्ण पाटो "प्ल्ह उइब" ( हंस झिक्ने ) कार्यको सुरसारमा लाग्दछ । प्ल्ह घर भित्र हालिसकेपछी जगिया बसाल्ने काम गर्द्छ । जगियामा ३ पाथी कोदो डालोमा हाल्ने त्यसमा १ बोतल रक्सी ( प्हा ) राख्ने बोतल को मुखमा चोखो पात , जाँड( प्हा ना ), मर्च ( प्र्हम ), चामल ( म्ल्ह सि ) भेटी (च्यु ), रोटी ( क्हेँ ) तथा पच्यु गुरु को सामाग्री तयार गरिन्छ । ज्वाइँ ( म्हो ) हरुले चोखो पात ( ल फुइ ) भालेसँग नलागेको चल्लाको माउ ( नक मा ) कुखुरा तयार पार्ने कार्य हुन्छ ।यी सामाग्रीहरु तयार भएपछि गुरु हरु स्याखु/घुम ( क्हुँ ) ओछ्याएर त्यसलाइ मन्तरेपछी त्यसमाथी बसेर बेत/शास्त्र ( प्ये ) पढ्न थाल्छ । पहिलो दिनमा पच्यु र क्ल्हेप्रीले बाटो मा पर्ने भुतप्रेत, दोख दोखलो , देवी देउता तथा पित्रीलाई मन्साएर निम्तो दिएको हुन्छ र पच्यु ले आफ्नो प्ये तथा तन्त्रमन्त्र ले मृतकको हंस को तलास गर्दै उनको जाननहुने बाटो मा मन्त्र ले छेकेर छड्ने काम गर्दछ र निश्चिति हिड्ने बाटो हरु खुल्ला गराएर मृतात्मालाइ प्ये पढेर फकाइ फुलाइ तिम्रो घरमा तिमी लाई आफन्तले मिठो मिठो खानेकुरा , पिउने बस्तु र तिमी ले मनपर्ने सबै चिजहरु राखेर निम्तो गरेको छ । तिमी यहाँ हेर्न आउ तिमी आउने बाटो मा सबै अवरोध हरु मारेर हटाइ राखेको छ ।तिमी कत्ती पनि नहिच्किचाइ आउ भन्दै घर आइपुग्ने बेला मा छोकों/दुर्ज मा राखेर ढोका बन्द गरि चोख पात ( ल फुइ ) ढोकामा टाँसी अग्लोमा डोरि झुन्ड्याइ कुखुरा को खुट्टा मा बाँधी झुन्ड्याएर धार्मिक गुरु पच्यु ले प्ये पढेर आत्मा लाई पुकार्ने र सम्मान का साथ चिहान / दुर्ज मा राखेको हंसलाइ फकाउँदै घरमा ल्याउने काम गर्दछ ।
भित्र घर बाट तयार पारेको चोखो भात ( फुइ कैँ ) , फलफूल , प्रसाद, छोरी चेली , ईस्टमित्रहरु लगाएत आफन्तले ल्याएको फुल प्रसाद ज्वाइँ ( म्हो ) हरुले फलाक्दै फलानाले दिएको तिम्रो लागि खानेकुरा भन्दै राख्दै गर्छन । उतातिर खेगी हरुले फकाउँदै फकाउँदै घरमा ल्याउने प्रयास गर्छन भने ज्वाइँ म्हो हरुले पनि फलाक्दै बोलाउने काम गर्दछ ।अन्तिममा आस्यों ( मावाली ) ले दिएको भात , फुल प्रसाद चढाएपछी फुरुक्क फुर्कदै गर्दा मृतकको हंस घर भित्र प्रवेश हुनेबेला कुखुराको प्वाँख हरु फुरुरु फुलेर भुरुरु माथि उड्छ अनि मृतक को हंस आएको विस्वास् गरिन्छ र कुखुरा लाई झिकेर आफ्नै चल्ल भएको ठाँउ मा लगेर राखिदिछ ।यसरी मृतात्मा कुखुरा मा र कुखुरा मा चढेको आत्मा प्ल मा प्रवेश गराइन्छ । यसपछी प्रतिस्थापन गर्दछ । यस कार्य को अन्तमा धार्मिक गुरु हरु भुत ( म्वों ) सँग लड्ने र आफ्नो वसमा पार्न सफल भएको ले कर्ता बाट नगद पैसा सहित पगरी/फेटा ( क्रेकी ) लगाइ स्याबासी दिने चलन छ । प्राय: कर्ता ले पच्यु खेगिको दान दक्षिणा यहि त्हेँ मा नै दिने चलन छ । >>> तमु जाति को परम्परागत प्ये ताँ, ल्हु ताँ, संस्कार र संस्कृति को संरक्षण र सम्बर्द्धन गरौं । Tamu Bhim ( भिम प्हच्यु तमु )
Vice president TPLS, Kuwait