नेपाल प्रवासी मगर संघ दोहा-कतार

सम्पूर्ण लाफाहरुमा मेझोर/जेदो/सेमिङेपाऊ/नमस्कार


यो ग्रुपमा तपाईंहरुलाई सर्बप्रथम स्वागत छ । यो ग्रुप नेपाल प्रवासी मगर संघ दोहा कतारको मातहतमा खोलिएको हो । हामी जहाँ जहिले र जस्तोसुकै अवस्थामा भए पनि हामी मगरहरुको भाषा, लिपी, धर्म, ईतिहास, भेषभुषा आदी मगरहरुको पहिचान र हामी मगरहरुको राज्यबाट खोसिएका हक अधिकार प्राप्त गर्नको लागि अहिले विश्व भरका मगरहरुको एकता कायम गर्दै मगरहरुको संघ संस्था खोलिरहेको र खोल्ने क्रम अहिले जारी छ । हाम्रो मगर संघ एउटा जातिय संस्था भएकोले बिभिन्न क्षेत्रबाट बिरोध, शंका तथा उपशंका, भ्रम आदी कुराहरु जनमासमा उब्जिनु र फैलाउनु स्वाभाबिक नै हो । यसमा हामीले धैर्यका साथ हामीले त्यस्ता पिछुवा कुराहरुलाई चेतना मार्फत बुझाउँदै हाम्रो गन्तब्य तर्फ लम्किनु अत्यन्त आवश्यक छ । केही आदिबासी जनजाती बिरोधी तत्वहरु लगायत ब्राह्मनबाद सोचाइले भरिपूर्ण केही ब्यक्तिहरु मगर लगायत बिभिन्न पिछडिएका बर्गहरुको भलाइलाई हेर्न नरुचाउनु उनिहरुको संकुचित सोचाइ हो । हामीले उनीहरुलाई त्यस्तो कुनै पनि शंकामा नडुब्न आग्रह पनि गर्दछौ । हामी राज्यबाट कती सम्म गिराईेएको थियो भन्ने कुरा त हामीलाई हाम्रो भाषा बोल्न नदिनु, लिपी जलाइदिनु, धर्म तथा संस्क्रिति मान्न नदिनु, ईतिहासहरु नामेट पारीदिन खोज्नु अनी एक जात एक भाषा एक धर्म एक लिपी आदी जस्ता कुराहरु जबरजस्ती लादिनु आदी कुराहरुले हामीलाई मानबको स्तरमा मानेकै थिएन भन्ने प्रष्ट्याउँछ भने कुनै पशु कुनै घरको हरेक कुना अरामले घुमेर आउनु तर हामी घरको दालान सम्म रामरी टेक्न नपाउनु आदी कुराहरुले हामी पशु भन्दा बढी तल गिराईेएको थियो भन्ने प्रष्ट प्रमाण हो । तर हामीले कुनै ब्रह्मण छेत्री जातिलाई बिरोध भने गरेका होइनौ र गर्दैनौ पनि हामीले ब्रह्मण बादलाई मात्र बिरोध गर्दछौं । हाम्रो भनाइ हरेक जातिको समान अधिकार र सम्मान हुनु पर्छ भन्ने नै हो । त्यसैले यो ग्रुपमा पनि तपाईंहरु सम्पूर्ण ब्यक्तिहरुको राय, सुझाब, साकारात्मक आलोचना र बहस आउनेछ भन्ने कुरामा हामी आशाबादी रहेका छौं । त्यसैले यो ग्रुपबाट पनि हामीले हाम्रो मगरहरुको भाषा, लिपी, धर्म, संस्क्रिती, ईतिहास, भेषभुषा लगायत अन्य महत्वपूर्ण जानकारी लिन दिन सजिलोको साथै मगरहरुलाई एकतामा बाँध्न टेवा पुगोस भन्ने उद्देस्य राखेका छौं । यो ग्रुपमा तपाईंहरु सम्पूर्णमा अनुशासित भै कसैलाई आक्षेप लगाउने कुराहरु, अस्लील कुराहरु नगरिदिन र सही बिचार बिमर्श बिरोध गरी आवश्यक सल्लाह, सुझाब दिन हुन पनि हामी तपाईंहरुमा हार्दिक अपिल गर्दछौं । अन्यथा यो ग्रुपबाट तपाईं हामी जो कोही पनि बाहिरिनेछौ भन्ने पनि जानकारी गराउन चाहन्छौं ।।