इटहरी सुनसरी नेपाल.com

पुरुषले खानै पर्ने ८ खाना सामान्यतया पुरुषहरु खानाप्रति सचेत हुँदैनन् ।
महिलाहरुलाई जहिले पनि स्वास्थ्य र
खानाको ख्याल रहेपनि अधिकाँश पुरुष
वेपर्वाह हुन्छन् । विशेषज्ञहरु पनि पुरुष र
महिलाको खाना फरक फरक हुनु पर्ने बताउँछन्
। यहाँ पुरुषले स्वास्थ्यका लागि खानै पर्ने ८
खानाको चर्चा गरिएको छ : गोलभेडा:गोलभेडालाई सुपर फुड अर्थात
महाखाना पनि भनिन्छ ।
गोलभेडामा लाइकोपेन भन्ने तत्व हुन्छ । यसले
क्यान्सरबाट बचाउँछ । त्यसैगरी प्रोष्टेट
क्यान्सर हुन बाट पनि जोगाउँछ ।
गोलभेडाको नियमित सेवनले कोलस्टोरल घटाउँछ भने सामान्य रोगसँग लड्ने
क्षमतामा पनि वृद्धी गर्छ ! गहुँ र जौ:गहुँ र
जौ जस्ता खाद्यान्नमा भिटामिन र
खनिजको मात्रा उच्च हुन्छ । साथै फाइवर
पनि हुने हुँदा पाचन प्रणालीमा सहयोग गर्छ ।
निराशा र दिक्कपन हटाउन
पनि यी खाद्दान्न उपयोगी मानिन्छ । त्यसैगरी यी खानाले विर्य स्वस्थ राख्न र
कपाल झर्नबाट पनि बचाउने विज्ञहरु
बताउँछन् । लसुन:लसुन मुटुको लागि राम्रो मानिन्छ ।
लसुनको नियमित सेवन गर्ने
मान्छेको कोलस्टोरल कम हुन्छ र मुटु स्वस्थ
हुन्छ । साल्मोन माछा:साल्मोन
माछा प्रोटिनको भरपर्दो श्रोत हो ।
यसमा फ्याट्टी एसिडको मात्रा उच्च हुन्छ
जसले नकारात्मक कोलस्टोरलबाट बचाउँछ ।
यसले मुटुको रोग, कोलेक्ट्रोल क्यान्सर र
प्रोस्टेट क्यान्सर तथा निराशाबाट समेत बचाउँछ । जामुन:जामुनले प्रोष्टेट क्यान्सरबाट बचाउँछ ।
यसले मुटुको रोगबाट पनि बच्न मद्दत गर्छ ।
त्यसैगरी मधु मेह र उमेरसँगै हुने विस्मरणलाई
पनि यसले कम गर्ने विज्ञहरु बताउँछन् ।
ब्रोकाउली:ब्रोकाउली बन्दा र
काउलीमा सल्फोराफेन नामक कडा रसायन पाहिन्छ जुन क्यान्सरसँग
लड्नका लागि महत्वपूर्ण मानिएको छ ।
यसले पुरुषहरुमा हुने ब्लाडर क्यान्सरबाट
पनि जोगाउने विज्ञहरु बताउँछन् ।
काउली बन्दाको नियमित सेवनले कोलेस्टरल
क्यान्सर र प्रोष्टेट क्यान्सरबाट पनि बच्न सकिन्छ । अण्डा:कपाल झरेर हैरान हुनुहुन्छ ?
यदि हो भने खानामा अण्डा नछुटाउनुस् ।
अण्डामा प्रोटिनको उच्च मात्रा
हुन्छ भने कपाल बढाउन सहयोग गर्छ ।
त्यसैगरी अण्डामा पाहिने पहेलो भाग
आइरनको राम्रो श्रोत हो । अनारको जुस:अनारको जुस निक्कै उच्च
पोषक तत्व भएको खाना हो । यसले
कोलस्टोरल नियन्त्रण गर्छ भने तनाव
घटाउन पनि सहयोग गर्छ ।
यसमा भिटामिनको मात्रा उच्च हुन्छ ।
नियमित अनारको जुश सेवन गर्दा प्रोष्टेट क्यान्सरबाट बच्न सकिने विज्ञहरु बताउँछन्