East west point Nepal

(संविधान सभा हलबाट सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले लेख्नु भएको स्टाटस) आज संबिधान सभालाइ जेलमा परिणत गरिएको छ । हजारौं प्रहरि संबिधान सभा भवन परिसरमा हतियार सहित भवनलाई घेरामा राखिएको छ । सभासदहरूलाई गाडिबाट ओरालेर कोट खोल्न लगाएर शरिर छामेर मात्र छिर्न दिने । भित्र सयौं प्रहरि मर्यादापालकका भेषमा तैनाथ राखिएको छ । प्रतिपक्षको सम्पूर्ण स्थानमा माईक हटाईएको छ, सत्ता पक्षकहा मात्र मनईक दिईएको छ । आजै संबिधान सभा भवन भित्र 10 पोका खुर्सानिको धुलो समेत भेटिएको छ । यसका बारेमा हामि बिपक्षिका तर्फबाट सभाध्यक्षलाई बिरोध जनाउदा कतिपयकुरा थाहा नभएको र पक्षपात नगरिने आश्वाशन दिनु भएको छ। प्रधान मन्त्री र केपी ओलिले समेत वालुवाटार बोलाएर आफ्नो सुरक्षा प्रत्याभुति खोजेको रहस्य पनि वहाले उद्घाटन गर्नु भएको छ । संबिधान सभा सभाध्यक्षको योजना र निर्देशनमा चल्नु पर्दछ नकि गृहमन्त्रालयको भन्ने तर्फ हामीले गम्भिर ध्यानाकर्षण गराएका छौं । संबिधान सभा भित्रको संघर्षलाई दमन गर्नका लागि यो सबै षडयन्त्र रचिएको कुरा को ब्यापक भण्डाफोड गरौं । यो स्ट्याटस ब्यापक शेयर गरौं । प्रतिगामिहरूलाई परास्त गरौं ।